विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लण्डनमा फेला परेको थियो । त्यसयता अहिलेसम्म ११० भन्दा बढी देशमा देखिएको मंकीपक्सबाट ८७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११२ को मृत्यु भइसकेको छ ।